आइतबार, आश्विन १८ गते २०८३

बेस्ट बैंक अवार्ड सहित गरिमा विकास बैंक ३ विधामा पुरस्कृत


भाद्र १७, २०८२ मंगलबार
बेस्ट बैंक अवार्ड सहित गरिमा विकास बैंक ३ विधामा पुरस्कृत

गरिमा विकास बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्ड्समा सम्मानित भएको छ । इण्डियन च्याम्बर अफ कर्मशले भारतको नयाँ दिल्लीमा आयोजना गरेको तेश्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा विकास बैंक ‘दि बेस्ट बैंक’ र ‘बेस्ट एआई/एमएल इम्प्लिमेन्टेशन बैंक’ विधामा उत्कृष्ट सहित ‘बेस्ट एमएसएमई एक्सिल्रेशन’ विधामा रनर अपको अवार्ड प्राप्त गरेको हो । यस अवार्डमा नेपाल सहित भारत, बंगलादेश, म्यानमार र श्रीलंकामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रुपमा उक्त अवार्ड ग्रहण गरेका थिए । इण्डियन च्याम्बर अफ कर्मसद्वारा सन् २०२४ मा आयोजित दोश्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस कार्यक्रममा समेत यस विकास बैंकले बेस्ट एसेट्स म्यानेजमेन्ट विधामा रनर अपको रुपमा अवार्ड प्राप्त गरेको थियो ।

प्राप्त उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यमा थप उर्जा प्रदान गरेको बैंकले जनाएकाे छ ।  

हाल गरिमाले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।