शुक्रबार, कार्तिक ७ गते २०८३

क्रान्तिकारी किसान नेता तथा अग्रज कम्युनिष्ट योद्धा नन्दन अर्यालको निधन


भाद्र १६, २०८२ सोमबार
क्रान्तिकारी किसान नेता तथा अग्रज कम्युनिष्ट योद्धा नन्दन अर्यालको निधन

काठमाण्डौ । नेपालका एक क्रान्तिकारी किसान कम्युनिष्ट नेता कमरेड नन्दन अर्यालको ९६ बर्षको उमेरमा हिजो राती निधन भएको छ  । भाद्र १्४ गते निधन भएका उहाको आज भाद्र १५ गते पशुपति आर्य घाटमा अन्तिम संस्कार गरिएको थियो ।
देश र जनताको बिग्रदो स्थिति र खाशगरेर कम्युनिष्ट आन्दोलनमा आएको ब्यापक बिचलन र अवसरबादी लोभी पापी प्रबृत्तिका बिरुद्ध उहाँ लामो समयदेखि चिन्तित रहँदै आउनु भएको थियो । देहाबसान हुनु अघि हिजो राती ११ बजे सम्म पनि उहाँ क्रान्ति र परिबर्तनकै कुराको चिन्तन र चिन्ता गरिरहनु भएको उहाँका छोरा सुशील अर्यालले आर्यघाटमा बताउनु भयो ।

क. पुष्पलाल जन्म शत बार्षिकी सन्दर्भकाे कबिता बचान कार्यक्रममा कमरेड नन्दन अर्याल र कमरेड शिव भटराइ सहीतकाे सामुहीक फाेटाे 

nandan aryal kavita.jpeg
२००९ सालमा कम्युनिष्ट पार्टीको सदस्य लिएर त्यतिबेला तराईमा चलेको सामन्ती शोषण र अन्याय बिरोधी  किसान आन्दोलनमा होमिनु भएका अर्याल त्यस क्रममा पछि पञ्चायती कालमा पनि पटक पटक जेल पर्नु भएको थियो । काग्रेस र कम्युनिष्टका  धेरै नेता कार्यकर्ताहरु राजाको पञ्चाती जालमा परेर बहकिए । सर्लाहीको मूर्तियमा  राजनीतिक पीडित नामको तीन बिघाको पासोमा परेर राजनीतिक छबि र चरित्रमा धब्बा लगाए । तर कमरेड नन्दन अर्याल ठूलो दबाब दिइदा पनि राजाको त्यस्तो उपहार लिएर आफ्नो चिन्तन, चरित्र र सिद्धान्तलाई लत्याउने काम गर्नु भएन  । यद्यपि उहाँ कम्युनिष्ट पार्टीको क्रान्तिकारी धारको खोजीमा लाग्दा बिभिन्न कम्युनिष्ट घटहरुमा  समाबेश अबश्य हुनु भयो । तर उहाँले बिचलनबाट बाहिर निस्केर क्रान्तिकारी अडानमा आफ्नो जीवनलाई समर्पित गर्न निरन्तर कोशिश गर्नु भयो र कम्युनिष्ट स्वाभिमानलाई आजीवन जसो उच्च राख्ने प्रयत्न गर्नु भयो । उहाँ आफ्नो जमानाको क्रान्तिकारी कबि र प्राकृतिक चिकित्सक पनि हुुनु हुन्थ्यो ।
उहाँले नेपालमा कमरेड पुष्पलाल जस्तो सच्चरित्र,सिद्धन्तनिष्ठ तथा जनता र राष्ट्रपति समर्पित  कम्युनिष्ट आफुले अर्को नदेखेको कुरा बिभिन्न सञ्चार माध्यमहरुमा बोल्दा बताउनु गर्नु हुन्थ्यो र कमरेड पुष्पलालबाट सिक्न यूवा पुस्तालाई उत्प्रेरित गर्ने गर्नु हुन्थ्यो । उहाँप्रति हार्दिक शब्द श्रद्धा तथा शोक सन्तप्त परिबारजन र आफन्तहरुमा गहिरो समबेदना ।