आइतबार, आश्विन १८ गते २०८३

बढ्यो सुनको मुल्य,  प्रतितोला २ लाख ५ हजार ३ मा कारोबार


भाद्र १६, २०८२ सोमबार
बढ्यो सुनको मुल्य,  प्रतितोला २ लाख ५ हजार ३ मा कारोबार

 

सुनको मूल्य प्रतितोला २ लाख ५ हजार नाघेको छ । पछिल्लो समय सुनको मुल्यले दैनिक नयाँ रेकर्ड बनाउन थालेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ। आइतबार प्रतितोला २ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर २ हजार ४७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।