आइतबार, आश्विन १८ गते २०८३

मुक्तिनाथ विकास बैंकको शाखा धुम्बाराहीमा


भाद्र ११, २०८२ बुधबार
मुक्तिनाथ विकास बैंकको शाखा  धुम्बाराहीमा

मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका–४, धुम्बाराहीस्थित चिलिमे टावरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले एक समारोहबीच शाखाको उद्घाटन गरे। यसअघि जमलमा रहेको शाखा स्थानान्तरण गरेर नयाँ स्थानमा आधुनिक सुविधा र गुणस्तरीय सेवासहित कारोबार सुरु गरिएको बैंकले जनाएकाे छ।

उद्घाटन कार्यक्रममा वक्ताहरुले बैंकको कृषि लगानी, डिजिटल बैंकिङ विस्तार र जोखिम व्यवस्थापनप्रति ध्यानाकर्षण गराए। कार्यक्रममा बैंकका सञ्चालक, संस्थापक, सेयरधनी, ग्राहक र स्थानीयवासीको सहभागिता थियो।

नयाँ शाखा रिङ्गरोडसँग जोडिएको छ र पर्याप्त पार्किङ सुविधासहित ग्राहकमैत्री सेवामा केन्द्रित रहने बैंकले जनाएको छ।