आइतबार, आश्विन १८ गते २०८३

शेयर बजार दोहोरो अंकले उकालो


भाद्र ११, २०८२ बुधबार
शेयर बजार दोहोरो अंकले उकालो

साताको चौथो कारोबार दिन बुधबार नेपाल शेयर बजार उल्लेखनीय रूपमा उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५३.०१ अंकले बढ्दै २८१९.१० बिन्दुमा क्लाेज भएको हाे। यसअघि मंगलबार नेप्से परिसूचक ४.८३ अंकले बढेर २७६६.०९ बिन्दुमा कायम रहेको थियो।

आजको कारोबारमा आएका २३२ कम्पनीको शेयरमूल्य बढेको छ भने १९ कम्पनीको मूल्य घटेको छ। बजार बढेसँगै कारोबार रकममा पनि उल्लेखनीय सुधार देखिएको छ। आज बजारमा ७ अर्ब ६८ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भयो। मंगलबार भने कारोबार रकम ४ अर्ब १८ करोड ५३ लाख रुपैयाँ मा सीमित भएको थियो।

आज हिमालयन रि इन्स्योरेन्स कम्पनी सर्वाधिक कारोबार गर्ने कम्पनी रह्यो। यस कम्पनीको कारोबार रकम मात्रै ६५ करोड ४२ लाख रुपैयाँ पुगेको छ।सर्वाधिक मूल्य बढ्ने कम्पनीमा विकास हाइड्रोपावर कम्पनी अग्रस्थानमा रह्यो, जसको शेयरमूल्यमा आज पोजिटिभ सर्किट लागेको छ। यता, कुमारी डिबेञ्चर भने सर्वाधिक घट्नेमा पर्‍यो, जसको मूल्य ५.७९ प्रतिशतले घटेको छ।