चिनियाँ अटो निर्माता बीवाईडीको प्रिमियम ब्रान्ड याङवाङले विश्वकै तीव्र गतिमा दौडिने इलेक्ट्रिक कारको रेकर्ड कायम गरेको छ।
जर्मनीको एटिपी पापेनबर्ग टेस्ट ट्रयाकमा गत अगस्ट ८ तारिख, याङवाङ यू ९ ट्रयाक एडिसनले ४७२ दशमलव ४१ किलोमिटर प्रति घण्टाको गतिमा कुदेर नयाँ विश्व रेकर्ड बनाएको हो।
यो कार जर्मनीका पेशेवर ड्राइभर मार्क बासेङले सञ्चालन गरेका थिए। उनले अघिल्लो वर्ष पनि उही ट्रयाकमा ईभी स्पिड रेकर्ड कायम गरेका थिए।
यू ९ ट्रयाक एडिसनमा ३० सय होर्सपावर उत्पादन गर्ने क्वाड–मोटर प्रणाली, १२०० भोल्ट अल्ट्रा–हाई–भोल्टेज प्लेटफर्म, र अत्याधुनिक डिसस–एक्स सस्पेन्सन प्रणाली जस्ता प्रविधि प्रयोग गरिएको छ।
यससँगै रिमाक नेभेरा र अस्र्पाक उल जस्ता अघिल्ला स्पिड–किङ इलेक्ट्रिक कारलाई पछि पार्दै, याङवाङ यू ९ अहिले विश्वकै सबैभन्दा छिटो ईभी बनेको छ।
नेपालपत्र संवाददाता