शुक्रबार, कार्तिक ७ गते २०८३

सानिमा बैंकका ग्राहकहरुलाई चिरायु नेशनल अस्पतालमा छुटको व्यवस्था


भाद्र ९, २०८२ सोमबार
सानिमा बैंकका ग्राहकहरुलाई चिरायु नेशनल अस्पतालमा छुटको व्यवस्था

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बसुन्धारा, काठमाडौंस्थित चिरायु नेशनल अस्पतालसंग छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग  स्क्यान मार्फत डिजिटल भुक्तानी गर्दा वेड र डाइग्नोस्टिक शुल्क तथा फामेर्सीको बिलमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।