आइतबार, आश्विन १८ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकको विशेष अफर, ६.३० प्रतिशत ब्याजदरमा घर कर्जा


भाद्र ९, २०८२ सोमबार
राष्ट्रिय वाणिज्य बैंकको विशेष अफर, ६.३० प्रतिशत ब्याजदरमा घर कर्जा

 

राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकका लागि चाडपर्वलाई लक्षित गर्दै कर्जामा आकर्षक सुविधा घोषणा गरेको छ। बैंकले जारी गरेको विज्ञप्तिअनुसार अब घर कर्जा ६.३० प्रतिशत ब्याजदरमै उपलब्ध हुनेछ।

यसअन्तर्गत अधिकतम पाँच करोड रुपैयाँसम्म घर कर्जा लिन सकिनेछ। सो कर्जाको अवधि २० वर्षसम्म तोकिएको छ भने प्रशोधन शुल्क ०.२५ प्रतिशत रहनेछ।

सवारी कर्जातर्फ, विद्युतीय गाडी खरिदका लागि ६.१० प्रतिशत र इन्धन गाडी खरिदका लागि ६.८० प्रतिशत ब्याजदरमा अधिकतम एक करोड रुपैयाँसम्म कर्जा पाइनेछ। दुबै खालका कर्जामा प्रशोधन शुल्क ०.५० प्रतिशत तोकिएको छ भने अवधि सात वर्षसम्म रहनेछ।

बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीका अनुसार, राष्ट्रिय वाणिज्य बैंकले देशका सबै जिल्लामा फैलिएका ३१० शाखामार्फत सेवाग्राहीलाई सेवा दिइरहेको छ। साथै, समयसापेक्ष सेवा विस्तार, प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङतर्फ बैंक केन्द्रित रहेको जानकारी दिइएको छ।