एक्सपोर्ट एण्ड इम्पोर्ट बैंक अफ चाइना(सीएक्जिम )ले सनिमा बैंक लिमिटेड लाई मनाङ मस्र्याङ्दी हाइड्रोपावर प्रा.लि (१३५ मेघावाट) र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रा.लि (१२० मेघावाट) का २ जलबिद्युत आयोजनाका लागि वित्तीय सहजिकरण÷मध्येस्थकर्ताको रुपमा कार्य गर्न नेपालका लागि एजेन्ट बैंक नियुक्त गरेको छ । सीएक्जिमको चिनको सिचुवान शाखामा आयोजित एक विशेष कार्यक्रममा सानिमा बैंक लिमिटेड र सीएक्जिमबीच सम्झौतामा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ ।
उक्त सम्झौतामा सानिमा बैंक एजेन्ट बैंकका तर्फवाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र सीएक्जिमको तर्फबाट सिचुवान शाखाकी उपाध्यक्ष ए यान्हुइलेले हस्ताक्षर गरेका हुन् । विशेष कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे, सीएक्जिम बैंक सिचुवान शाखाका अध्यक्ष छेन सेन्ग्रोङ र एसजिआसी इन्टरनेशनलका अध्यक्ष लियाओ बिनको उपस्थिति रहेको थियो ।
समारोहलाई सम्बोधन गर्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले एजेन्सी बैंकको रुपमा कार्य गर्न सानिमा बैंकलाई विश्वास गरी छनौट गरेकोमा सरोकारवालाप्रति आभार व्यक्त गरेका थिए । साथै, सीएक्जिम बैंकसँगको महत्वपूर्ण सहकार्यले सानिमा बैंकको अन्तर्राष्ट्रिय ब्यापार सम्बन्ध विस्तार भई व्यापार प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । उर्जा जलबिद्युत, व्यापार पूर्वाधार, लगायतका क्षेत्रमा यस्ता सहकार्यले नेपालका लागि महत्वपूर्ण योगदान गर्ने अपेक्षा समेत उनले व्यक्त गरे ।
त्यसैगरी सीएक्जिम र मुख्य लगानीकर्ता कम्पनीका प्रतिनिधिहरुले परियोजना समयमै सम्पन्न गर्न सहजिकरण गर्ने संयुक्त प्रतिवद्धता व्यक्त गरे । उक्त कार्यको लागि सानिमा बैंकको भुमिका महत्वपूर्ण हुने कुरा व्यक्त गर्र्दै यी परियोजनाबाट प्राप्त अनुभवबाट भविष्यमा अन्य क्षेत्रमा पनि यस किसिमका सहकार्य गर्न उक्त परियोजनाहरु कोशेढुंगा सावित हुने विचार व्यक्त गरे ।
नेपालपत्र संवाददाता