आइतबार, आश्विन १८ गते २०८३

एनआईसी एशिया बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा २० प्रतिशतसम्म छुट

भाद्र ६, २०८२ शुक्रबार
एनआईसी एशिया बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा २० प्रतिशतसम्म छुट

 

काठमाडौं । एनआईसी एशिया बैंक र कैलाली हस्पिटल प्रा.लि. बीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले धनगढी, कैलालीस्थित कैलाली हस्पिटलमा स्वास्थ्य उपचार गर्दा विशेष छुट पाउने भएका छन् ।

बैंकका अनुसार ग्राहकहरूले उक्त हस्पिटलमा उपलब्ध सेवाहरूमा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यसका लागि ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ ।

यस सहकार्यले बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग गर्नुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने विश्वास बैंकले जनाएको छ ।