काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा मात्रै २४ अर्बभन्दा बढीको लगानी प्रतिवद्धता प्राप्त भएको छ। जबकि गत आर्थिक वर्ष २०८१/८२ मा कुल ८४० वटा परियोजनामा ६४ अर्ब ९६ करोड ५१ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो । चालु आर्थिक वर्षको साउन महिनामा नै १२७ परियोजनामा २४ अर्ब १० करोड बराबरको प्रतिवद्धता भइसकेको छ ।
पछिल्ला वर्षमा क्रमिक रूपमा नेपालमा वैदेशिक लगानी प्रतिबद्धता वृद्धि हुँदै गएको छ । उद्योग विभागका तथ्याङ्कअनुसार २०७९/८० मा आएको प्रतिवद्धता २०८०/८१ मा दोब्बरले बढेर ६२ अर्ब रुपैयाँ नाघेको थियो
साउनमा प्रतिवद्धता भएको रकम: २४ अर्ब १० करोड । परियोजनाको संख्याः १२७ वटा
- अटोमेटिक रुटबाट ८१ परियोजनामा ७३ करोड
- कागजी प्रक्रियाबाट ४६ परियोजनामा २३ अर्ब ३७ करोड
- क्षेत्रगत रूपमा
- कृषि : २० अर्ब ४ करोड (३ परियोजना)
- पर्यटन : ३ अर्ब २ करोड (४१ परियोजना)
- उत्पादन : १५ करोड ५० लाख (३ परियोजना)
- ऊर्जा : १८ करोड ४२ लाख (१ परियोजना)
- सेवा : ३३ करोड ५० लाख (८ परियोजना)
- सूचना प्रविधि : ३६ करोड ५२ लाख (७१ परियोजना)
यस अवधिमा दर्ता भएका उद्योगबाट करिब ८ हजारभन्दा बढी रोजगारी सिर्जना हुने अपेक्षा उद्योग विभागको छ ।
नेपालपत्र संवाददाता