
हाेमर श्रेष्ठ
हामीले जीवनकालमा यस्ता दृश्यहरू देख्ने कल्पना गरेका थिएनौं। इरानले संसारलाई अकल्पनीय परिदृश्य देखाइदियो। इरानी मिसाइहरूले इजराइलका मुख्य शहरहरूलाई झन्डै ध्वस्त पारे। तेल अवीवका कैयौँ भव्य भवनहरू नष्ट भएका छन्। यस्तो लाग्छ- इजराइलको पतन सुरु भएको छ। तपाईंले यो स्तरको विनाश कहिल्यै देख्नुभएको थियो? हलिउड चलचित्र वा VFX simulations मा समेत देख्नुभएको थिएन होला। इजराइली प्रमुख शहरहरू छेद्-विछेद बनाइएका छन्। गाजामा आफ्ना प्रियजन गुमाउने मानिसहरू भन्दै थिए, "यो ईश्वरको न्याय हो।"
रिपोर्टअनुसार- इरानले मुख्य ३० वटा क्षेप्यास्त्र प्रहार गरेर स्पष्ट सन्देश दिएको छ। ती क्षेप्यास्त्रहरू धेरैजसो तेल अवीव र त्यसको वरिपरि खसेका थिए। फलतः बाह्र दिन बित्दानबित्दै इजराइलले घुँडा टेक्न बाध्य भयो। सायद, दुनियाँले कल्पना गरेको थिएन होला- सारा अरब राष्ट्रमाथि प्रभुत्व जमाउँदै आएको अमेरिकाको proxy इजराइललाई कुनै देशले यति छोटो अबधीमा यसरी धूलो चटाउन सक्छ। विनाशको कल्पना गर्नुहोस् त!
इजराइलले इरानको सैन्य शक्तिलाई विल्कुल नजरअन्दाज गरेको थियो । फलतः इजराइलको आक्रमण आत्मघाती पुष्टिभयो। हुन त इजराइलले सुरुमा आधुनिक क्षेप्यास्त्रहरू प्रहार गरेर इरानका कैयौं सामरिक र सार्वजनिक स्थलहरू नष्ट गरे, केही परीक्षण पनि गरे, तर तिनले के जाँचे, खुलासा गरेनन्। जे होस्, इजराइलको केही लागेन।
इजराइलले मूलधारका मिडियालाई समेत युद्धस्थलको रिपोर्ट गर्न निषेध गरे। तर वास्तविकतालाई कतिन्जेल ढाकछोप गर्न सकिन्छ र! युद्धका नियम (धारा-उपधारा) का कारण न्यूज कभरेज गर्न अस्वीकार गर्दै इजराइलाका गगनचुम्बी भवनहरू ध्वस्त भइरहेका थिए, मोसादको हेडक्वाटर, स्टक-एक्सचेन्ज भवनहरू भग्नावशेष बन्दै थिए, सैन्य अस्पतालहरू ध्वस्त भइरहेका थिए, बीमा कम्पनीहरू दिवालिया हुँदै थिए र हवाइ अड्डाहरू तहसनहस भइरहेका थिए।
रिपोर्ट लेख्छ- इजराइलका हवाईसेवाहरू तुरुन्तै सञ्चालन गर्ने स्थिति हुन्थ्यो र सञ्चालन गरिन्थ्यो भने, हजारौँ इजराइली नागरिकहरूले देश छोड्न सक्थे। किनभने इरानले क्षेप्यास्त्र प्रहार गरिरहेको बेला तिनीहरू आश्रयस्थलहरूमा लुकेका थिए, जब ती बङ्करबाट बाहिर निस्के, तिनका अपार्टमेन्ट र कारहरू भग्नावशेषमा परिणत भएको दृश्यहरू देखे।
इरानले इजराइलमा कति धेरै विनाश मच्चाएको रहेछ भने, त्यसको बराबरी बदला लिन इजराइल सक्षम थिएन। इरानले खुलेआम चुनौती दिएको थियो- उनीहरू पूर्ण-स्तरको युद्ध गर्न तयार छन्; इजराइलको शासन परिवर्तन गर्ने अपरेशनको लागि पनि तयार छन्। इरानी नेतृत्वले आफ्नो टाउकोमा अन्त्येष्टीको कफन बाँधेका छन्। ती मर्न डराउँदैनन्। अयातोल्लाहको स्पष्ट सन्देश थियोः
"तिमीहरूले इरानीहरूलाई चिनेका छैनौ। तिमीहरू सुराकी प्रयोग गरेर, लुकेर हामीलाई मार्छौ! हामी तिमीहरूलाई युद्धमैदानमा हाकाहाकी मार्छौं र हाम्रो देशको लागि सबैभन्दा ठूलो रणनीतिक विजय गर्छौँ।"
इजराइलको रक्षाप्रणालीलाई भेदन गर्न इरान सक्षम छ भन्ने कुरो दुनियाँको अगाडि पुष्टि भयो र त्यही शक्तिले युद्धको खेल परिवर्तन गरेको हो। यमन र हिज्बुल्लाहले पहिलेदेखि महत्त्वपूर्ण भूमिका खेल्दै आएका थिए। हिज्बुल्लाहले वर्षौंदेखि इजराइली ड्रोनहरूको निगरानी गर्दै, रणनीतिक फुटेज सङ्कलन गर्दै सबै सूचनाहरू इरानलाई पठाएका थिए। फलतः इरानले यो स्तरको सफलता हासिल गरेको हो । यद्यपि, घुसपैठ र विश्वासघातका कारण इरानले थुप्रै उच्च सैन्य अधिकारी र वैज्ञानिकहरू गुमाउनु प-यो, तर उनीहरूले युद्ध जितेका छन्।
भनिन्छ- इरानले उसका सबैभन्दा खतरनाक क्षेप्यास्त्रहरू अझै प्रयोग गरेको छैन। यो यथार्थ हो। इरानले रित्तो अस्पताललाई ध्वस्त पारेको हैन, त्यहाँभित्र कैयौँ इजराइली सेना र कर्मचारीहरू कार्यरत थिए। इजराइलका ध्वस्त भवनहरूमध्ये विश्वविख्यात अनुसन्धान केन्द्र पनि छ, जुन विश्वको छैटौं शीर्ष स्थानमा थियो। त्यसको लागत $5 अर्ब डलर अनुमान गरिएको छ। त्यहाँभित्र २५०० आणविक वैज्ञानिकहरू, पीएचडीहरू, र अनुसन्धानकर्ताहरू कार्यरत थिए.. रक्षादेखि कृषिसम्मका विषयमा कार्यरत थिए, अमेरिका र युरोपसित अनुसन्धानमूलक सम्बन्ध रहेको त्यो बहुमूल्य भवनको सर्वनाश भएको छ।
इजराइलले युद्धक्षेत्रमा किन विदेशी मिडियालाई प्रवेश अनुमति दिएन? किन न्यूज कभरेज गरेन? किन प्रमुख घटनाहरूका भिडियो बनाएन? किनभने इजराइलको वास्तविक क्षति विश्वले देखोस्, जानोस् भन्ने उनीहरू चाहँदैनथे। इजराइलका बहुचर्चित उन्नत रक्षाप्रणालीहरू सबै ध्वस्त पारिएका छन्—Arrow, David's-sling, Patriot, Iron Dome सबै असफल भए। अतः भयाक्रान्त इजराइलले इरानी प्रमुख नेता आयतोल्लाहको हत्या गर्ने खुलेआम धम्की दियो। र आयतोल्लाहले भनेका थिए, "म मृत्युसँग डराउँदिन, आवश्यक परे मेरो ज्यान लिऊ। म यो युद्धको लागि वलिदान हुन तयार छु। तर एउटा कुरा स्पष्ट बुझ- इजराइलले इरानी नेताको हत्या ग-यो भने, इरानले युद्ध रोक्ने छैन। त्यो स्थितिमा इजराइललाई अर्को गाजा बन्नबाट कुनै पनि शक्तिले रोक्न सक्ने छैन।"
विशेषज्ञहरू भन्छन्- युद्ध अहिले नै समाप्त भयो भने इजराइलको पुनर्निर्माण हुन पाँचदेखि दश वर्ष लाग्नेछ। उता- इरानीहरू इजराइलसँग युद्ध गर्न अझै तयार छन्। इरानले नाबाटिम एयरबेस (Nabatim airbase)को 'दामोना आणविक अड्डा' (Damona nuclear base)मा प्रहार ग-यो भने, त्यो अकल्पनीय विनाशकारी हुनेछ।
इजराइलको भनाइ छ- "इरानले इजराइली रक्षाप्रणालीलाई ह्याक गरेको कारण प्रतिरक्षा गर्न नसकेको होइन, इजराइली सुरक्षामा घुसपैठ भएको कारण हामी अक्षम भएका हौँ।"
वास्तवमा, इरानी ब्यालेष्टिक मीसाइलहरू कति द्रूत गतिका रहेछन् भने ती लक्ष्यमा बज्रिएपछि मात्र इजराइलका साइरनहरू बज्ने गरेका थिए, रिपोर्ट लेख्छ।
***
साभार हाेमर श्रेष्ठकाे मुहार पुस्तिका
अनूदित अन्तर्राष्ट्रिय न्युज रिपोर्टः श्रेष्ठ
१५ अगष्ट २०२५