बुधबार, भाद्र ३ गते २०८३

प्रभु इन्स्योरेन्सले सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर दिने


श्रावण २५, २०८२ आइतबार
प्रभु इन्स्योरेन्सले सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर दिने

प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको हालै सम्पन्न २९औं वार्षिक साधारण सभाले यो निर्णय गरेको हो। अध्यक्ष राजेन्द्र मल्लका अनुसार, आर्थिक चुनौती र बजार अस्थिरता हुँदाहुँदै पनि कम्पनीले नाफाबाट सेयरधनीलाई यसरी बोनस वितरण गर्न सफल भएको छ, जसले प्रभु इन्स्योरेन्सलाई अझ विश्वासिलो र सुदृढ संस्था बनाएको छ।

कम्पनीले ग्राहकलाई छिटो र सहज सेवा दिन डिजिटल प्रविधिमा ठूलो लगानी गरेको छ। दाबी भुक्तानी, पोलिसी नवीकरण लगायतका सेवा डिजिटल माध्यमबाट प्रदान गरी सेवा गुणस्तरमा सुधार गरेको अध्यक्ष मल्लले बताए। प्रभु इन्स्योरेन्सले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा सामाजिक उत्तरदायित्व पूरा गर्दै दिगो विकासमा पनि सक्रिय भूमिका खेल्दै आएको उनले जनाए ।