काठमाडौं, नेपाली उपभोक्ताको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्दै फक्सवागन ब्रान्डको नेपालका लागि एकमात्र आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल प्रा।लि। ले जर्मन प्रविधिमा निर्मित दुई नयाँ मोडल फक्सवागन वट्रस सेडान र नयाँ टाईगुन जीटी एसयूभीको अनावरण गरेको छ।
नाईमा अटो शोको विशेष अवसरमा आयोजित उक्त कार्यक्रमको प्रमुख आकर्षणका रूपमा दुवै गाडीको सार्वजनिक अनावरण जर्मन राजदूत उदो भोल्जले गरेका हुन् ।
फक्सवागनको यी दुई मोडलमा १।५ लिटरको टर्बोचार्ज्ड फ्युल–इफिसेन्ट इन्जिन जडान गरिएको छ, जसले १५० हर्षपावरको जबरजस्त पर्फमेन्स प्रदान गर्छ। आवश्यकता अनुसार दुई वा चार सिलिण्डरमा चल्न सक्ने यो इन्जिनले दक्ष इन्धन खपतका साथै स्मूथ ड्राइभ अनुभव गराउँछ।
एन–क्याप क्रयास टेस्टमा फाइव स्टार पाएका यी मोडलहरूले सुरक्षा क्षेत्रमा विश्वस्तरको मान्यता पाएका छन्। छ वटा एयर ब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल लगायतका अत्याधुनिक सुरक्षा फिचरले चालक र यात्रु दुवैलाई भरपर्दो सुरक्षा प्रदान गर्छन्।
वट्रस सेडान
फक्सवागन वट्रस, सेडान भए पनि यसको १८० मि।मि। ग्राउन्ड क्लियरेन्सले धेरैजसो एसयूभीहरूलाई चुनौती दिन सक्ने जनाएको छ । । बलियो च्यासिस, पावरफुल इन्जिन र फराकिलो भित्री संरचनाले गर्दा यो सवारीसाधन शहरी सडकदेखि ग्रामीण बाटोसम्म सहजै गुड्न सक्नेछ।
टाईगुन जीटी एसयूभी
१८८ मि।मि। ग्राउन्ड क्लियरेन्स, सेभेन स्पिड गियरबक्स र ड्राइभिङलाई थप सहज बनाउने आधुनिक सुविधासहितको यो एसयूभी विशेष गरी नेपालको जस्तै विविधायुक्त सडक अवस्थालाई मध्यनजर गर्दै डिजाइन गरिएको जनाएको छ।
पूजा इन्टरनेशनलले यी मोडलहरू मार्फत फक्सवागनको विश्वस्तरिय इन्जिनियरिङ, डिजाईन र सुरक्षालाई नेपाली बजारमा थप सशक्त बनाउने लक्ष्य लिएको जनाएको छ।
नेपालपत्र संवाददाता