आइतबार, आश्विन १८ गते २०८३

६ वर्षभन्दा बढी निस्क्रिय रहेका खातामा राष्ट्रिय वाणिज्य बैंकले ब्याज नदिने


श्रावण २१, २०८२ बुधबार
६ वर्षभन्दा बढी निस्क्रिय रहेका खातामा राष्ट्रिय वाणिज्य बैंकले ब्याज नदिने

 
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले लामो समयदेखि सञ्चालनमा नरहेका खातामा ब्याज नदिने निर्णय गरेको छ। बैंकले सूचना जारी गर्दै ६ वर्ष वा सोभन्दा बढी समयदेखि निस्क्रिय रहेका खातामा रहेको रकममा ब्याज रोक्का हुने जनाएको हो।

बैंकका अनुसार विशेषतः अवकाशप्राप्त कर्मचारीहरूको अवकाश योगदान कोषमा रहेको रकम सम्बन्धित खाता लामो समयदेखि चलनचल्तीमा नरहेको पाइएपछि यस्तो निर्णय गरिएको हो।

कोषको कार्यकारिणी समितिको निर्णयअनुसार सम्बन्धित हिताधिकारीहरूलाई सकेसम्म चाँडो कोष वा नजिकको शाखा कार्यालयमा सम्पर्क गरी आफ्नो रकम मिलान गर्न अनुरोध गरिएको छ।

अबदेखि ६ वर्षभन्दा बढी निष्क्रिय रहेका खातामा कुनै ब्याज नपाक्ने विषयमा सम्बिन्धत खाताधारकहरूलाई समयमै बैंकले सूचना दिएको हो।

थप जानकारी वा रकमसम्बन्धी विवरणका लागि ग्राहकले नजिकको शाखा कार्यालय वा कोषमा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ।