काठमाडौं, साउन १९ – राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नियमित तथा आंशिक (ग्रेड वृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। नतिजाअनुसार नियमित तर्फ ६१.१७ प्रतिशत तथा आंशिक तर्फ ३६.४९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार, कुल २ लाख ८४ हजार ३०५ परीक्षार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्।
उच्च ग्रेड प्राप्त गर्ने विद्यार्थीहरू:
-
३.६१ – ४.०० जीपीए: १३,५०२ जना
-
३.२१ – ३.६० जीपीए: ५५,८९६ जना
-
२.८१ – ३.२० जीपीए: ९४,२६८ जना
-
२.४१ – २.८० जीपीए: ६९,८१२ जना
-
२.०१ – २.४० जीपीए: ८,९६४ जना
-
१.६१ – २.०० GPA: २३ जना
परीक्षामा नियमित तर्फ ३ लाख ९६ हजार ३४७ सहभागी भएकाेमा २ लाख ४२ हजार ४६५ (६१.१७%) ग्रेडेड भएका हुन् ।
त्यसैगरी अंशिक तर्फ १ लाख १४ हजार ६४० मध्ये ४१ हजार ८४० (३६.४९%) ग्रेडेड भएका हुन् ।
पूरक परीक्षा (ग्रेड वृद्धि):
ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते सञ्चालन हुने बोर्डले जनाएको छ। न्यूनतम ग्रेड नपुगेका विद्यार्थीहरूका लागि पूरक परीक्षा दिन पाउनेछन्। परीक्षाको क्रममा अमर्यादित गतिविधिमा संलग्न भएकाले १७ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ। तीमध्ये नियमित तर्फ ११ र आंशिक तर्फ ६ जना रहेका छन्।
कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन गरिएको थियो। परीक्षामा ५,२०२ विद्यालयका ३ लाख ९५ हजार ९०८ विद्यार्थी सहभागी भएका थिए। जसमध्ये छात्र: १,९८,८७५ र छात्रा: १,९७,०१३ रहेका थिए ।
नेपालपत्र संवाददाता