आइतबार, आश्विन १८ गते २०८३

राष्ट्र बैंकद्वारा २५ अर्बको निक्षेप संकलन बोलकबोल आव्हान


श्रावण १४, २०८२ बुधबार
राष्ट्र बैंकद्वारा २५ अर्बको निक्षेप संकलन बोलकबोल आव्हान

काठमाडौं, नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनका लागि आज बोलकबोल आव्हान गरेको छ। मौद्रिक व्यवस्थापन अन्तर्गत बैंकले ४२ दिन अवधिको लागि यो निक्षेप संकलन उपकरण निष्काशन गर्न लागेको हो।

राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै साउन १४ गते दिउँसो ३ः०० बजेसम्म बोलकबोल प्रक्रियामार्फत निक्षेप संकलनको दर निर्धारण हुने जनाएको छ। यो निक्षेपको साँवा र ब्याज भुक्तानी मिति भदौ २५ गते तोकिएको छ।

न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँको गुणात्मक रूपमा भाग जाँदापूर्ण हुने गरी बोलकबोल गर्न सकिने व्यवस्था गरेको छ। निक्षेपको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियाबाट तय हुनेछ।

बैंकिङ प्रणालीमा देखिएको तरलता व्यवस्थापनमा सहयोग पुग्ने राष्ट्र बैंकले