नेपाल हस्तकला महासंघको आयोजनामा काठमाडौंमा आयोजित एक विशेष समारोहमार्फत निजी क्षेत्रका उद्योगी व्यवसायीहरूलाई प्रदान गरिएको सीआइपी सम्मानको अवसरमा बधाई तथा सम्मान कार्यक्रम गरेकाे हाे ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट असार ३२ गते प्रदान गरिएको उक्त सम्मान प्राप्त छाता महासंघका अध्यक्ष, वस्तुगत संघका अध्यक्ष तथा प्रतिष्ठित व्यवसायीहरूलाई उद्योग वाणिज्य मन्त्री दामोदर भण्डारीले बधाई पत्र प्रदान गरे। कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यको सभापतित्व रहेको थियो।
त्यस अवसरमा सीआइपी सम्मान कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने उद्योगमन्त्री भण्डारी, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणा, तथा समन्वयकारी भूमिका निर्वाह गर्ने तयारी पोशाक संघका अध्यक्ष पशुपति देव पाण्डेलाई कृतज्ञता पत्र प्रदान गरिएको थियो। कार्यक्रममा महासंघका महानिर्देशक उत्तम प्रसाद देवकोटाले हस्तकला क्षेत्रका अवसर र चुनौतीबारे प्रस्तुति दिएका थिए।
नेपालपत्र संवाददाता