आइतबार, आश्विन १८ गते २०८३

राष्ट्र बैंकको कारबाहीमा परे २ बैंक र २ फाइनान्स


श्रावण ९, २०८२ शुक्रबार
राष्ट्र बैंकको कारबाहीमा परे २ बैंक र २ फाइनान्स

 

नेपाल राष्ट्र बैंकले नियामकीय पालना नगरेको भन्दै २ वाणिज्य बैंक र २ फाइनान्स कम्पनीमाथि कारबाही गरेको छ। कारबाहीमा पर्नेमध्ये सिटिजन्स बैंक इन्टरनेसनल, एनआईसी एशिया बैंक, पोखरा फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स रहेका छन्।

सिटिजन्स बैंकले ब्याजदर अन्तर गलत हिसाब गरेर नयाँ कर्जा प्रवाहमार्फत पुराना कर्जा तथा ब्याज तिरेको, र दावी भइसकेको बैंक ग्यारेन्टीको भुक्तानी समयमै नगरेको पाइएपछि कारबाहीमा परेको हो।

एनआईसी एशिया बैंकले ऋणीसँग बढी ब्याज लिएको र कर्जा सम्झौतामा स्पष्ट विवरण नदिएको पाइएपछि राष्ट्र बैंकले सचेत गराएको छ।

गुह्येश्वरी मर्चेन्ट फाइनान्सका प्रमुख कार्यकारीलाई नोक्सानी वर्गीकरण रिपोर्टिङमा कमजोरी र ब्याज असुल गर्न पुनः कर्जा प्रवाह गरेको विषयमा सचेत गरिएको हो।

पोखरा फाइनान्सले अनिवार्य नगद मौज्दात कायम नगरेकाले ३२ लाख ७७ हजार ६७६ रुपैयाँ जरिबाना गरिएको छ।