गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको समग्र वैदेशिक व्यापारमा वृद्धि भएको छ । भन्सार विभागको तथ्यांक अनुसार वैदेशिक व्यापार १९.२४ प्रतिशतले बढेको छ । त्यसैगरी आयात १३.२५ प्रतिशत तथा निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ ।
गएको एक वर्षको अवधिमा वैदेशीक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख ३३ हजार रुपैयाँको पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको १९.२४ प्रतिशतले धेरै हो । अघिल्लो अर्थिक वर्षमा वैदेशीक व्यापार १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपैयाँ बराबरको वैदशिक व्यापार भएको थियो ।
विभागका अनुसार समीक्षा अवधिमा १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको वस्तु नेपालमा आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालमा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । आयात १३.२५ प्रतिशतले बढेको हो ।
त्यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपालबाट २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरको वस्तु विभिन्न देशमा निर्यात भएको विभागको तथ्यांकले देखाएको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ रुपैयाँ बराबरको भएको थियो ।
नेपालपत्र संवाददाता