आइतबार, आश्विन १८ गते २०८३

सरकारले १० अर्ब बराबरको ऋणपत्र जारी गर्ने


श्रावण ६, २०८२ मंगलबार
सरकारले १० अर्ब  बराबरको ऋणपत्र जारी गर्ने

सरकारले  ‘विकास ऋणपत्र–२०८५’ऋणपत्र जारी गर्ने भएको छ ।  सरकारले आगामी तीन वर्ष अवधिका लागि १० अर्ब रुपियाँ आन्तरिक ऋण परिचालन गर्ने भएको हो ।

केहि दिन अघि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आर्थिक वर्षभित्र परिचालन गर्ने ऋणको तालिका सार्वजनिक गरेको थियो । सूचना अनुसार इच्छुक लगानीकर्ताले साउन ७ गते बुधबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र खरिद गर्न चाहनेले तोकिएको समयभित्र कार्यालयको डीओएमएस प्रणालीको यूआर्रलबाट अनलाइन आवेदन दिनुपर्ने सूचनामा भनिएको छ । ऋणपत्रको निष्काशन भने साउन ८ गते बिहीबार हुने कार्यालयले जनाएको छ ।  सरकारले पहिलो पटक ऐन नै बनाएर ऋणपत्रहरुका लागि पनि दोस्रो बजारमा कारोबार हुनेगरी नयाँ व्यवस्था गरेको छ ।