आइतबार, आश्विन १८ गते २०८३

ग्लोबल आइएमई बैंकले ल्यायो  ‘समुन्नति योजना–२’, न्यूनतम मौज्दातमा खाता खोल्न सकिने


श्रावण ५, २०८२ सोमबार
ग्लोबल आइएमई बैंकले ल्यायो  ‘समुन्नति योजना–२’, न्यूनतम मौज्दातमा खाता खोल्न सकिने

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ बचत खाता योजना ‘ग्लोबल आइएमई समुन्नति योजना–२’ सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत ग्राहकले केवल ५०० रुपैयाँ न्यूनतम मौज्दातमा खाता खोल्न सक्नेछन्।

खातासँगै ग्राहकले निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड सेवा, र निःशुल्क रकम जम्मा तथा निकासी जस्ता सुविधा प्राप्त गर्नेछन्। साथै, बैंकिङ सम्बन्धी परामर्श सेवा पनि उपलब्ध हुनेछ।

बैंकिङ पहुँचबाहिर रहेका ग्रामीण तथा टाढाका क्षेत्रका नागरिकलाई वित्तीय प्रणालीमा जोड्ने लक्ष्यसहित सुरु गरिएको योजना बैंकको वित्तीय समावेशीकरण अभियान अन्तर्गत ल्याइएको हो।

बैंकका अनुसार, ‘समुन्नति योजना–२’ ले उच्चतम ब्याजदरको लाभ प्रदान गर्नुका साथै बचत संस्कार अभिवृद्धि र डिजिटल कारोबार प्रवर्द्धनमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

ग्लोबल आइएमई बैंकको हाल ३५० भन्दा बढी शाखा, सयौं एटीएम र देशभरका प्रमुख स्थानमा सेवा सञ्जाल विस्तार भइसकेको छ। यो योजना पनि सबै शाखा कार्यालयहरूमा उपलब्ध हुने बैंकले जनाएको छ।