नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट निक्षेप उठाउन लागेको हो । राष्ट्र बैंकले ४२ दिनका लागि ५० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो ।
बैंकले विभिन्न विशेषता एवं शर्तहरु कायम गरी चार दिनको लागि निक्षेप संकलनको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी भदौ १५ गते हुने बैंकले जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सक्नेछन्। इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।
नेपालपत्र संवाददाता