काठमाडौं – हिमालयन बैंक लिमिटेडले आजदेखि आफ्नो थप सार्वजनिक निष्काशन (एफपीओ) खुला गरेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनुपर्ने प्रावधान अनुरूप बैंकले एफपीओ ल्याएको हो।
हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ, जसमा ७२.९९% हिस्सा संस्थापक समूहको छ भने २७.०१% हिस्सा सर्वसाधारणको नाममा रहेको छ। अब सर्वसाधारण समूहको हिस्सा ३०% पुर्याउन बैंकले एफपीओमार्फत १ अर्ब ४५ करोड रुपैयाँ बराबरका ९२ लाख ५० हजार ४६९ कित्ता सेयर सार्वजनिक निष्काशनमा ल्याएको हो।
एफपीओ विवरण:
-
अंकित मूल्य: प्रतिकित्ता १०० रुपैयाँ
-
निष्काशन मूल्य: १५७ रुपैयाँ (१०० अंकित मूल्य + ५७ प्रिमियम)
-
न्यूनतम आवेदन: १० कित्ता
-
अधिकतम आवेदन: सम्पूर्ण कित्ता
-
निष्काशन बन्द मिति: छिटोमा साउन ४ गते, नपुगेमा साउन १४ गतेसम्म खुला रहनेछ।
नेपालपत्र संवाददाता