आइतबार, आश्विन १८ गते २०८३

साउन महिनाका लागि अझ घट्यो निक्षेपमा पाइने ब्याज


आषाढ ३२, २०८२ बुधबार
साउन महिनाका लागि अझ घट्यो निक्षेपमा पाइने ब्याज

 

अधिकांश वाणिज्य बैंकहरूले नयाँ आर्थिक वर्षको सुरुवातमा निक्षेपको ब्याजदर घटाएका छन्।  साउन महिनाका लागि सार्वजनिक गरिएकोमध्ये १४ बैंकले ब्याजदर घटाएका छन् भने ४ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्।

बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा साउन महिनाको औसत अधिकतम ब्याजदर ५.६९. प्रतिशतमा झरेको छ ।  असारमा यो ५.९०२ प्रतिशत थियो। सोही आधारमा ०.२ प्रतिशत विन्दुले ब्याजदर घटेको देखिन्छ। त्यस्तै, संस्थागत मुद्दती निक्षेपमा पनि औसत ब्याजदर करिब ०.२६ प्रतिशत विन्दुले घटेको छ।

प्रभु बैंकले सबैभन्दा धेरै ब्याजदर घटाएको छ। असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा ६.१ प्रतिशत ब्याज दिँदै आएको प्रभु बैंकले साउन महिनाबाट सो दर घटाएर ४.२५ प्रतिशतमा झारेको छ, जुन हाल वाणिज्य बैंकहरूमा सबैभन्दा न्यून हो।

यता स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.२६ प्रतिशत ब्याजदर प्रदान गर्दै सबैभन्दा उच्च ब्याज दिने बैंक बनेको छ।

ब्याजदर यथावत् राख्ने बैंकहरूमा माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, सिचार्थ बैंक र एनएमबि बैंक रहेका छन्। यी बैंकहरूले साउन महिनामा व्यक्तिगत र संस्थागत निक्षेप दुवैमा परिवर्तन गरेका छैनन्।

यता, ब्याजदर वृद्धि गर्नेमा हिमालयन बैंक रहेको छ। उसले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर ५.५ प्रतिशतबाट बढाएर ६ प्रतिशत पुर्याएको छ। त्यस्तै, संस्थागत निक्षेपमा पनि १ प्रतिशतले वृद्धि गर्दै ५ प्रतिशत पुर्याएको हो।