आइतबार, आश्विन १८ गते २०८३

बैंकिङ कार्यदलले गभर्नरलाई बुझायो अन्तिम प्रतिवेदन


आषाढ ३१, २०८२ मंगलबार
बैंकिङ कार्यदलले गभर्नरलाई बुझायो अन्तिम प्रतिवेदन

 

बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि गठित कार्यदलले आफ्नो अन्तिम प्रतिवेदन नेपाल राष्ट्र बैंकलाई बुझाएको छ। नेपाल राष्ट्र बैंकले गठन गरेको कार्यदलले २०८२ असार ३० गते गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष अन्तिम प्रतिवेदन प्रस्तुत गरेको हो। यसअघि कार्यदलले प्रारम्भिक प्रतिवेदन असार २४ गते बुझाएको थियो।

डा. रेवतबहादुर कार्कीको संयाेजकत्वमा बनेकाे कार्यदलकाे सदस्यमा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दहाल र नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल रहेका थिए। 

कार्यदलले बैंकिङ प्रणालीमा देखिएका संरचनागत, व्यवस्थापकीय, नियामकीय र नीतिगत कमजोरीको पहिचान गरी सुधारका लागि रणनीतिक सुझावहरू प्रतिवेदनमा समेटेको छ। राष्ट्र बैंकले प्रतिवेदनको अध्ययनपछि उपयुक्त सुधार उपायहरू अवलम्बन गर्ने जनाएको छ।