बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिलाई स्वागत गर्दै यसले दिगो, दर्बिलो र समावेशी अर्थतन्त्र निर्माणका लागि स्पष्ट दिशा देखाएको जनाएको छ।
सिबिफिनका अनुसार सन्तुलित र समयसापेक्ष नीति ल्याइएकाले सुषुप्त अर्थतन्त्रमा पुनः गति ल्याउन र निजी क्षेत्रको मनोबल उठाउन मद्दत गर्नेछ। कर्जा विस्तार सहज बनाउने, वित्तीय स्थायित्वमा टेवा पुर्याउने, खराब कर्जाको व्यवस्थापन, आवासीय तथा शेयर धितो कर्जाको सीमा वृद्धि, लघु तथा मझौला उद्यममा कर्जा सहजीकरण र ऋणीसँग राष्ट्र बैंकजस्ता कार्यक्रमहरू सकारात्मक पहल हुन्।
परिसंघले लगानी, रोजगारी, नवप्रवर्तन र हरित अर्थतन्त्रमा केन्द्रित नीतिलाई दीर्घकालीन परिवर्तनको आधार मानेको छ। उसले आफ्ना केही सुझाव नसमेटिए पनि भविष्यमा समावेश हुने विश्वास राख्दै, नीति कार्यान्वयनमा नजिकबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपालपत्र संवाददाता