नेपाल राष्ट्र बैंकले ४ दिने अवधिका लागि ५० अर्ब रुपैया निक्षेप संकलन बोलकबोल आव्हान गरेको छ । आइतबार ३ बजेसम्म अनलाइन बिडिङ्ग सफ्टवेयरमार्फत बोलकबोल हुने निक्षेप रकम साँवा तथा व्याज २०८२ साउन १ गते भुक्तानी हुनेछ ।
निक्षेप संकलन उपकरणकोबोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
निक्षेप संकलनकोलागि आव्हान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
नेपालपत्र संवाददाता