आइतबार, आश्विन १८ गते २०८३

वित्तीय अनुशासन पालना गरौं: राष्ट्र बैंक


आषाढ २४, २०८२ मंगलबार
वित्तीय अनुशासन पालना गरौं: राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आम नागरिकमा वित्तीय अनुशासनको महत्वबारे चेतना फैलाउनका लागि सार्वजनिक सन्देश जारी गरेको छ। सन्देशमा नियमित बचत गर्न, जिम्मेवार ढंगले खर्च गर्न, मासिक बजेट निर्माण गर्न र ऋणको सही उपयोग गर्न सुझाव दिइएकाे छ ।  

सन्देशमा भनिएको छ, “आफ्नो कमाइको केही हिस्सा आपतकालीन समय वा भविष्यका लगानीको लागि बचत गर्न अनिवार्य छ।” यसले अनावश्यक खर्च नियन्त्रण गर्नुका साथै तनाव घटाउने र भविष्यको लक्ष्य पूरा गर्न सहयोग पुर्‍याउने उल्लेख गरिएको छ।

सन्देशमार्फत मुख्य रूपमा निम्न सचेतना प्रदान गरिएकाे छः

  • आफ्नो आम्दानी र खर्चको सूची बनाउने बानी बसालौं।

  • मासिक बजेट बनाऔं।

  • अनावश्यक कुरामा खर्च नगरौं।

  • निरन्तर रूपमा बचत गरौं।

  • आवश्यक मात्रामा मात्र ऋण लिऔं।

  • लिएको ऋण समयमै तिर्ने बानीको विकास गरौं।

राष्ट्र बैंकले नागरिकलाई केहि गुनासाे भए अनलाइन गुनासो दर्ता पोर्टल www.gunaso.nrb.org.np मार्फत वा वित्तीय ग्राहक संरक्षण इकाइ सम्पर्क नम्बर ०१-५३७१०४५ मा दर्ता गर्न सुझाएकाे छ।