काठमाण्डौं । पुनः नेपाल आयल निगमले पट्रोलिय पदार्थ सबैको मूल्य बृद्धि गरेको छ र त्यो शुक्रबार राती १२ बजेदेखि लागु हुने भनेको छ ।यसरी मूल्य बृद्धि गरिएका पेट्रोलिय पदार्थहरुामा खाना पकाउने ग्याँस, पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धन समेत रहेका छन् । ग्यासमा प्रति सिलिण्डर रू. ५० बढाएर जनतामा बाेझ थाेपर्दै यसरी तिहार लगायतका चाड पर्बकाे उपहार आयल निगमले दिएकाे छ ।

निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यबिधि २०७१ अनुसार मट्टितेल, डिजेल र पेट्रोलको प्रति लिटर सबैमा समान मूल्य कायम गरेर रु ३. बढाएर पेट्रोलको रु.१३३ र डिजल र मट्टितेलको रु. ११६ कायम गरेको छ ।
बाह्य र आन्तरिक हवाई इन्धनमा पनि कायम रहेको मूल्यमा रु.१० थप गरी आन्तरिकमा मूल्य रु ९६ र बाह्यमा प्रति किलो लिटर ८५३ अमेरिकी डलर कायम गरेको छ ।
त्यसरी नै खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिण्डर ५० रुपैयाँले बृद्धि गरी रु १ हजार ५०० कायम गरेको छ ।