आइतबार, आश्विन १८ गते २०८३

स्पेनी लगानीकर्तालाई प्रधानमन्त्री ओलीको आव्हानः नेपालमा लगानी गर्नुस्


आषाढ १९, २०८२ बिहीबार
स्पेनी लगानीकर्तालाई प्रधानमन्त्री ओलीको आव्हानः नेपालमा लगानी गर्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई दक्षिण एशियामा लगानीका लागि उपयुक्त देशमध्ये एक भएको बताउँदै स्पेनी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्।

स्पेनको म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले राजनीतिक स्थायित्व, खुला बजार नीति, प्रतिस्पर्धी श्रमशक्ति र लगानी सुरक्षासम्बन्धी कानुनहरू नेपाललाई आकर्षक बनाएको बताए। ऊर्जा, कृषि, सूचना प्रविधि, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै उनले सरकार कानुनी र संस्थागत सुधारमार्फत लगानीमैत्री वातावरण सुदृढ गर्दै गएको बताए।

कार्यक्रममा नेपालका लागि स्पेनका राजदूत सनिल नेपाल, परराष्ट्र सचिव अमृतबहादुर राई तथा उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले दुई देशबीच लगानी, व्यापार, शिक्षा र पर्यटन क्षेत्रका सम्भावनाबारे प्रकाश पारेका थिए।

प्रधानमन्त्री ओली चौथो अन्तर्राष्ट्रिय वित्तीय सहयोग सम्मेलनमा सहभागी हुन स्पेन गएका हुन्।

 

 

 

 

ब्कप ऋजबतन्एत्