शनिबार, कार्तिक ८ गते २०८३

स्मार्ट च्वाईस टेक्नोलोजिज  र सांग्रिला डेभलपमेन्ट बैंकबिच सहकार्य


आषाढ १८, २०८२ बुधबार
स्मार्ट च्वाईस टेक्नोलोजिज  र सांग्रिला डेभलपमेन्ट बैंकबिच सहकार्य

 
  नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड  र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबिच  एससिटी युपिआई कार्ड जारी गर्नका लागि सम्झौता भएको छ ।

  स्मार्ट च्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत   मनोज घिमिरे र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी  अधिकृत   अपूर्व प्रसाद जोशीले सम्झौता पत्र आदानप्रदान  गरेका छन् । यस सम्झौता पश्चात सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले आउने दिनहरूमा सजिलै बैंकबाट आफ्नो लागि  एससिटी युपिआई कार्ड लिन सक्ने छन् ।  

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससिटी युपिआई  कार्ड जारी गर्दै आइरहेको छ  । एससिटीले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विच मार्फत  एससिटी युपिआई र  भिसा   कार्ड जारी गर्ने तथा युनियन पे,भिसा रुपे,मास्टरकार्ड तथा डिसकभर काड  स्वीकार गरि कार्ड मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ । विगत दुई दशक देखि नेपाल भरि सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिदैं आएको  एससिटी नेपालकै पहिलो डोमेसटिक कार्ड स्किम हो ।