नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमा प्रस्ताव गरिएको सुनमा २५ विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३५ भ्याट अव्यवहारिक रहेको भन्दै अर्थमन्त्री विष्णु पौडेलको ध्यानाकर्षण गराएको छ। अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको टोलीले यो करले व्यवसायमा गम्भीर असर पर्ने र लाखौं रोजगारी संकटमा पर्ने बताएको हो।
सरकारको कर नीतिले सुन चाँदी तथा रत्न आभूषणको व्यवसाय नै सञ्चालन गर्न नसकिने र यो क्षेत्रका कैयाैं जनशक्तिले रोजगारी समेत गुमाउने अवस्था आएको भन्दै कर बारे पुनर्विचार गर्न चेम्बर प्रतिनिधिले आग्रह गरे । अर्थमन्त्री पौडेलले सरोकारवाला निकायसँग छलफल गरी समाधान खोज्ने प्रतिबद्धता जनाएका छन्।
नेपालपत्र संवाददाता