काठमाण्डौ । आइतबार नेपाल राष्ट्र बैंकले ६३ दिने निक्षेप उपकरणमार्फत ३० अर्ब रुपैया बजारबाट संकलन गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई ३० अर्ब रुपैया बोलकबोलमार्फत् निक्षेप राख्न आउन आव्हान गरेको हो ।
केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि विभिन्न खाले मौद्रिक उपकरणहरुको प्रयोग गरी वित्तीय बजारबाट तलरता प्रशोचन गर्दै आएकाके छ । हाल बजारमा अधिक तरलताको अवस्था रहेकोले राष्ट्र बैंकले बारम्बार २१, ४२ र ६३ दिने निक्षेप संकलन उपकरण जारी गदै आइरहेको छ ।
नेपालपत्र संवाददाता