आइतबार, आश्विन १८ गते २०८३

मोबाइल बैंकिङ बाटै २ लाखसम्म ऋण पाइने सिटिजन्स बैंकको योजना


आषाढ १३, २०८२ शुक्रबार
मोबाइल बैंकिङ बाटै २ लाखसम्म ऋण पाइने सिटिजन्स बैंकको योजना

 

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले  ‘डिजिटल लोन अगेंस्ट फिक्स्ड डिपोजिट’ योजना सुरु गरेको छ । बैंकका ग्राहकले आफ्नो मुद्दती निक्षेपको आधारमा मोबाइल बैंकिङ बाटै तत्काल ऋण लिन सक्नेछन् ।  

सेवा प्रक्रियालाई सरल, सहज र डिजिटल माध्यमबाट नै  उपलब्ध गराउन यो सेवा शुरु गरेको बैंकले जनाएको छ । ग्राहकले मोबाइल एपमार्फत मुद्दती निक्षेपको अधिकतम ९० प्रतिशतसम्म (५ हजारदेखि २ लाख रुपैयाँभित्र) ऋण प्राप्त गर्न सक्नेछन् । ऋणको स्वीकृति पश्चात् रकम आवेदकको बचत खातामा तुरुन्तै जम्मा हुनेछ ।

उक्त सेवा लिनका लागि कुनै पनि भौतिक कागजात आवश्यक नपर्ने भएकाले डिजिटल बैंकिङको दिशा तर्फको यो प्रयासले ग्राहकलाई सहजता र समयको बचत गराउने विश्वास बैंकले लिएको छ ।