प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १८.९४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको असार ८ गतेको बैठकले हाल कायम चुक्ता पुँजी रु. १ अर्ब ४४ करोड १४ लाख ८८ हजारको आधारमा १८ प्रतिशत बोनस सेयर (रु. २५.९४ करोड) र कर प्रयोजनका लागि ०.९४ नगद लाभांश (रु. १.३६ करोड) वितरण गर्ने निर्णय गरेको हो । यो प्रस्ताव नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभामा पारित गर्नका लागि पेश गरिनेछ ।
कम्पनीको यो लाभांश प्रस्ताव पछिल्ला ६ वर्षभित्रको उच्चतम हो । पछिल्लोपटक वर्ष २०७३/७४ मा २० प्रतिशत लाभांश वितरण गरिएको थियो । त्यसयता क्रमशः १२, १७, १६.३२, १०.५३, ११.५८५, ७.०५, र ५ लाभांश वितरण गरिएको थियाे ।
नेपालपत्र संवाददाता