आइतबार, आश्विन १८ गते २०८३

तरलता वृद्धिसँगै निक्षेप अवधि बढ्यो, ६३ दिने उपकरणमार्फत ५० अर्ब खिच्दै राष्ट्र बैंक


आषाढ ११, २०८२ बुधबार
तरलता वृद्धिसँगै निक्षेप अवधि बढ्यो, ६३ दिने उपकरणमार्फत ५० अर्ब खिच्दै राष्ट्र बैंक

 

बैंकिङ प्रणालीमा तरलता बढ्दै जाँदा नेपाल राष्ट्र बैंकले त्यसको व्यवस्थापनका लागि थप कदम चालेको छ। यो क्रममा राष्ट्र बैंकले निक्षेप संकलनको अवधि विस्तार गर्दै लगेको छ । पहिले २१ दिने निक्षेप उपकरण प्रयोग गर्दै आएको केन्द्रीय बैंकले हालैका दिनमा ४२ दिने हुँदै हाल ६३ दिनसम्मका उपकरणमार्फत नगद खिच्ने रणनीति अपनाएको छ।

बुधबार राष्ट्र बैंकले ६३ दिनका लागि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको छ। असार ८ गते मात्रै ६० अर्ब तानेको बैंकले छोटो अन्तरालमै पुनः ठूलो मात्रामा तरलता संकलनको तयारी गरेको हो। बैंकले यो कदम आपतकालीन तरिकाले नगद प्रवाह नियन्त्रण गर्न उठाएको बताइएको छ।

बोलकबोल प्रक्रिया अन्तर्गत  क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँको गुणफलमा भाग लिने गरी बोलकबोल गर्न सकिनेछ। निक्षेपको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ भने साँवा तथा ब्याजको भुक्तानी भदौ ११ गते हुनेछ।