आइतबार, आश्विन १८ गते २०८३

मुक्तिनाथ विकास बैंकले ल्यायो विदेश अध्ययनमा जानेका लागि शुल्क तिर्न सहज सुविधा


आषाढ ११, २०८२ बुधबार
मुक्तिनाथ विकास बैंकले ल्यायो विदेश अध्ययनमा जानेका लागि शुल्क तिर्न सहज सुविधा

विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूका लागि अब शैक्षिक तथा भिसा शुल्क तिर्न सहज हुने भएको छ। मुक्तिनाथ विकास बैंकले एक्सपर्ट एजुकेसन तथा भिसा सर्भिस, महाराजगंजसँग सहकार्य गर्दै उक्त सेवा सुरु गरेको हो।

बैंकले विद्यार्थी र अभिभावकलाई विदेश अध्ययनको प्रक्रियामा लाग्ने  भिसा शुल्क, स्याट, सेभीज शुल्क, पीटीइ परीक्षा शुल्क, एप्लिकेसन शुल्क, जीम्याट लगायतका विभिन्न शैक्षिक शुल्कहरू छरितो, सुरक्षित र सुविधाजनक तरिकाले भुक्तानी गर्न सकिने सेवा प्रदान गर्न थालेको जनाएको छ।

हाल यो सेवा बैंकका महाराजगञ्ज र कमलादी शाखामा उपलब्ध हुनेछन् भने, छिट्टै अन्य शाखाहरूमा समेत विस्तार गरिने जनाइएको छ।

बैंकका अनुसार विदेश अध्ययनमा जान चाहनेका लागि महत्त्वपूर्ण चरणलाई सहज बनाउने उद्देश्यले यस्तो डिजिटल र भरपर्दो भुक्तानी प्रणाली ल्याइएको हो।