आइतबार नेपाल राष्ट्र बैंकले ६० अर्ब निक्षेप संकलनको लागि बोलकबोल आव्हान गरेको छ । वित्तीय बजारमा अधिक तरलता रहेको अवस्थामा राष्ट्र बैंकले विभिन्न वित्तीय उपकरणको प्रयोग गर्ने गर्दछ । यस पटक राष्ट्र बैंकले ६ साता(४२ दिन)का लागि निक्षेप राख्न आव्हान गरेको छ । निक्षेपको साँवा तथा व्याज २०८२ साउन १८ गते हुनेछ ।
राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आफुसँग भएको अधिक तरलता राष्ट्र बैंकमा केहि साताका लागि बोलकबोलमा आधारित व्याजदरमा निक्षेपको रुपमा राख्न सक्छन् । वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जानेगरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न पाउनेछन् ।
नेपालपत्र संवाददाता