बुधबार, भाद्र ३ गते २०८३

आइएमई पे र खल्ती मर्जरलाई राष्ट्र बैंकको स्वीकृति, नेपालकै ठूलो डिजिटल वालेट हुने


आषाढ ५, २०८२ बिहीबार
आइएमई पे र खल्ती मर्जरलाई राष्ट्र बैंकको स्वीकृति, नेपालकै ठूलो डिजिटल वालेट हुने

 

काठमाडौं, नेपाल राष्ट्र बैंकले डिजिटल वालेट आइएमई पे र खल्ती बीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ। संयुक्त कारोबारपश्चात कम्पनीको नाम आइएमई खल्ती लिमिटेड हुनेछ भने एपको नाम खल्ती नै रहनेछ।

मर्जरपश्चात् ५० लाखभन्दा बढी प्रयोगकर्ता र उच्च चुक्ता पुँजीसहित खल्ती अब नेपालकै सबल डिजिटल वालेट बन्ने भएको छ।

तीन महिनासम्म प्रयोगकर्ता समायोजनको प्रक्रिया चल्नेछ। दुवै एप हाललाई सञ्चालनमा रहने जनाइएको छ । आइएमई पे प्रयोगकर्ताहरूको खल्तीमा सजिलै एकीकरण हुनेछन्।

यो मर्जर डिजिटल भुक्तानीको क्षेत्रको ऐतिहासिक कदम मानिँदैछ, जसले सुविधा, पहुँच र विश्वास तीनवटै क्षेत्रमा नयाँ युगको थालनी गर्ने अपेक्षा कम्पनीहरूले गरेका छन्।