आइतबार, आश्विन १८ गते २०८३

अधिक तरलता, निक्षेप उपकरणमार्फत आज ९० अर्ब रकम खिच्दै राष्ट्र बैंक


आषाढ ४, २०८२ बुधबार
अधिक तरलता,  निक्षेप उपकरणमार्फत आज ९० अर्ब रकम खिच्दै राष्ट्र बैंक


वित्तीय बजारमा तरलता अधिक भएपछि नेपाल राष्ट्र बैंकले केहि साता यता तारन्तार निक्षेप संकलन उपकरण प्रयोग गरी तरलता व्यवस्थापन गर्दै आएको छ । आज ३५ दिने निक्षेप संकलन बोलकबोल आव्हान गर्दै राष्ट्र बैंकले ९० अर्ब रुपैया संकलन गर्न लागेको हो । २०८२ साउन ७ गते एकैसाथ साँवा तथा व्याज भुक्तानी हुने उक्त रकमको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । 

‘क‘, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले न्युनतम १० करोड र बढीमा ५ करोड रुपैयाले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकम सम्म निक्षेप बोलकबोल गर्न सक्नेछन् ।