आइतबार, आश्विन १८ गते २०८३

गभर्नर पौडेलसँग परिसंघ नेतृत्वको भेट,अर्थतन्त्रले भोग्दै आएको समस्या समाधान गर्न सुझाव


आषाढ ३, २०८२ मंगलबार
गभर्नर पौडेलसँग परिसंघ नेतृत्वको भेट,अर्थतन्त्रले भोग्दै आएको समस्या समाधान गर्न सुझाव


नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई बधाई एवं शुभकामना व्यक्त गरेको छ । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले नवनियुक्त गभर्नर पौडेललाई बधाईसहित मुलुकको अर्थतन्त्रका नीतिगत विषयमा छलफल गरेको हो ।

सो अवसरमा अध्यक्ष अग्रवालले विगत तीन वर्षदेखि अर्थतन्त्रले भोग्दै आएको समस्या समाधानमा राष्ट्र बैंकले महत्वपूर्ण नीतिगत व्यवस्था गर्ने विश्वास व्यक्त गरे । उनले  समग्र मागमा आएको संकुचनका कारण अर्थतन्त्रमा समस्या देखिएको भन्दै कसरी अर्थतन्त्रलाई चलायमान बनाउने, बैंकका रहेको लगानी योग्य रकमको परिचालन कसरी बढाउन सकिन्छलगायतका विषयमा सुझाव दिए । 

सो अवसरमा नवनियुक्त गभर्नर पौडेलले परिसंघका नीतिगत सुझावहरुको सरहाना गर्दै बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न कार्यदल गठन गरेको  बताए । बधाई तथा छलफलमा परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, उपाध्यक्षहरु हेम राज ढकाल, अमित मोर, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।