आइतबार, आश्विन १८ गते २०८३

नेपाल राष्ट्र बैंकले आज ४० अर्ब निक्षेप तान्ने


आषाढ १, २०८२ आइतबार
नेपाल राष्ट्र बैंकले आज ४० अर्ब निक्षेप तान्ने

 

वित्तीय बजारमा अधिक तरलताको अवस्था रहेपछि त्यसको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज ४० अर्ब निक्षेप बोलकबोल गर्न आव्हान गरेको छ । केन्द्रीय बैंकले ४२ दिने अवधिको निक्षेप संकलन उपकरण निष्काशन गर्न लागेको हो । आइतबार अपरान्ह ३ः०० बजेसम्म अनलाइन बिडिङ्ग सफ्टवेयरमार्फत् बोलकबोल गर्न सकिने निक्षेपको साँवा तथा ब्याज भुक्तानी साउन ११ गते हुने राष्ट्र बैंकले जनाएको छ ।

विगतका दिनमा २१ दिने अवधिको उपकरण निष्काशन गर्दै आएको राष्ट्र बैंकले पछिल्लो पटक ४२ दिने उपकरणहरु जारी गर्दै आएको छ। ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न पाउने छन् भने उक्त उपकरण राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न पाउँछन् ।