काठमाण्डौ । सरकारले सुनचाँदी, हिरा र अन्य बहुमूल्य गहनामा विलासिता कर र भ्याट लगाउने घोषणा गरेपछि व्यवसायीहरु आन्दोलित भएका छन्। नेपाल सुनचाँदी व्यवसायी संघको आव्हानमा बिहीबार मुलुकभर व्यवसायीले काराेबार बन्द गरेका छन्।
आम सर्वसाधारण उपभोक्ता देखि सबै वर्गका मानिसले उपयोग गर्ने सुनचाँदीमा सरकारले विलासिता शूल्क र भ्याटको नाममा चर्को भार थोपर्न नहुने भन्दै व्यवसायीहरुले त्यसको खारेजीको माग गर्दै आएका छन् ।
बजेटमा सुनचाँदीमा २ प्रतिशत विलासिता कर र बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट लगाइएपछि व्यवसायीहरूले यो करले उपभोक्तालाई १९ प्रतिशत सम्मको अतिरिक्त भार पार्ने दाबी गरेका छन्। उनीहरूले यस्तो करले बजारमा मन्दी ल्याउने भएकाले खारेजी गर्नुपर्ने जनाएका छन्।
नेपालपत्र संवाददाता