महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५–संस्करण ४ सम्पन्न भएको छ। काठमाडौंमा भएको प्रतियोगितामा प्राइम कमर्सियल बैंकले उपाधि जित्यो भने नबिल बैंक दोस्रो भयो।
२४ टिम सहभागी प्रतियोगितामा उत्कृष्ट खेलाडी सुरज तिमिल्सिना (आइ.सि.एफ.सी. फाइनान्स), उत्कृष्ट बलर अनिल बर्तौला (एन.एम.बी. बैंक), उत्कृष्ट विकेटकिपर विजय पारा लिम्बु (नबिल बैंक), र उत्कृष्ट फिल्डर अमृत चौलागाईं (नबिल बैंक) घोषित भए।
विजेतालाई नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र र महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले ट्रफी हस्तान्तरण गरे।
नेपालपत्र संवाददाता