आइतबार, आश्विन १८ गते २०८३

अख्तियारद्वारा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीलाई भ्रष्टाचार मुद्दा


जेठ २५, २०८२ आइतबार
अख्तियारद्वारा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीलाई भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी, पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । मुद्दा दर्तासँगै पहाडीको पद स्वतः निलम्बनमा परेको छ ।

अर्याल भने यसअघि नै अवकाश पाइसकेका कर्मचारी हुन् ।