आइतबार, आश्विन १८ गते २०८३

हिमालयन बैंक न्यूरोड शाखा ठमेलमा स्थानान्तरित


जेठ २५, २०८२ आइतबार
हिमालयन बैंक न्यूरोड शाखा ठमेलमा स्थानान्तरित

 

हिमालयन बैंकको न्यूरोड शाखा ठमेलमा स्थानान्तरित भएको छ । बैंकले नजिक भएका शाखा सञ्जालहरु मध्ये न्यूरोड शाखा– २ लाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका वडा नं २७, ठमेल, काठमाडौं स्थित संचय कोष भवनबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले एक समारोहबीच आज उक्त शाखाको शुभारम्भ गरे। बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ वटा एटिएम,  ८,००० भन्दा बढी पीओएस टर्मिनल र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।