आइतबार, आश्विन १८ गते २०८३

तरलता व्यवस्थापन गर्न ४२ दिनका लागि २५ अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक


जेठ २५, २०८२ आइतबार
तरलता व्यवस्थापन गर्न ४२ दिनका लागि २५ अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

 

 
काठमाण्डौ,   नेपाल राष्ट्र बैंकले आज जेठ २५ गते बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ। यस अघि साधारणतया २१ दिनको लागि निक्षेप संकलन गर्ने गरेको बैंकले यस पटक भने ४२ दिनका लागि निक्षेप बोलकबोल आव्हान गरेको हो । प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै रकम खिचिरहेको छ। 

दिउँसो ३ बजे हुने बोलकबोलमा निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। 

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। उक्त निक्षेप संकलन उपकरणको साउन ४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।