गएको सात दिनमा १५० अर्ब तरलता प्रशोचन गरेको नेपाल राष्ट्र बैंकले आज पुन ४० अर्ब निक्षेप संकलनका लागि सूचना प्रकाशित गरेको छ । गएको जेठ १४ गते ८० अर्ब र जेठ १९ गते ७० अर्ब निक्षेप राष्ट्र बैंकले वित्तीय बजारबाट संकलन गरेको थियो । आज पुनः ४० अर्ब निक्षेप संकलनका लागि राष्ट्र बैंकले सूचना जारी गरेको हो ।
पछिल्लो समय राष्ट्र बैंकले छोटो समयका वित्तीय उपकरणमार्फत तरलता व्यवस्थापनको नीति अँगालेको देखिन्छ । जारी अधिकांश निक्षेप संकलन उपकरण ३ साता समयावधिका रहेका छन् । केहि समययता राष्ट्र बैंकका यस्ता गतिविधिको आवृत्ति र आकार सामान्य भन्दा बढी देखिएकोले कतै मौद्रिक असन्तुलन त हुन लागेको हैन भन्ने अवस्था सिर्जना भएको छ।
नेपालपत्र संवाददाता