आइतबार, आश्विन १८ गते २०८३

नेपाल राष्ट्र बैंकले २० दिनको लागि ७० अर्ब निक्षेप संकलन गर्दै


जेठ १९, २०८२ सोमबार
नेपाल राष्ट्र बैंकले २० दिनको लागि ७० अर्ब निक्षेप संकलन गर्दै

 

नेपाल राष्ट्र बैंकले आज ७० अर्ब निक्षेप संकलनका लागि आव्हान गरेको छ । बजारमा तरलता अधिक रहेको अवस्थामा केन्द्रीय बैंकले विभिन्न बैंकिङ निक्षेप उपकरणको प्रयोग गरी तरलता प्रशोचन गर्ने गर्दछ । यस अघि जेठ १४ गते राष्ट्र बैंकले ८० अर्ब निक्षेप संकलनलागि आव्हान गरेको थियो । पछिल्लो समय राष्ट्र बैंकले ३ साताका लागि निक्षेप संकलन बोलकबोल गराउँदै आएको छ । 

संस्थाहरुले घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष जाने गरी कुल आव्हान रकमसम्म निक्षेप जम्मा गर्न सक्ने सूचनामा जनाइएकाे छ । उक्त निक्षेप रकमको साँवा तथा ब्याज रकम २०८२ असार ८ गते एकमुष्ठ भुक्तानी हुनेछ ।